४ महिनापछि संचालनमा आयो अक्सिजन प्लान्ट, दैनिक २०० सिलिण्डर भरिने

सप्तरी l राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार महिनापछि अक्सिजन प्लान्ट स्थापना भएकाे छ । दैनिक दुई सय सिलिण्डरसम्म अक्सिजन भर्न सक्ने क्षमता भएको अक्सिजन प्लान्ट जडान गरी परीक्षण गरिएको अस्पताल प्रशासनले जानकारी दिएकाे छ।

सप्तरीमा रहेको एक मात्र सरकारी अस्पतालमा कोरोनाकालमा अक्सिजन अभाव भएपछि आवश्यक सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट चार महिनाअघि अस्पतालमा ल्याए पनि सम्बन्धित निकायले ध्यान नदिँदा जडान हुन सकेको थिएन्।

Advertisement

अक्सिजन प्लान्ट सुचारू गरी जडानका लागि स्थानीय युवा र बिभिन्न संचारमाध्यमले दबाब दिँदै आएका थिए । अक्सिजन प्लान्ट संचानलमा आएपछि अक्सिजन कै कारण बिरामीले ज्यान गुमाउनु पर्ने डर हटेको स्थानीय साधना कर्णले बताइन्।

अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि सप्तरीसहित छिमेकी जिल्लाका अस्पतालमा पनि अक्सिजन आपूर्ति गर्न सजिलो भएको छ।

More News last news
Loading...