काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेता कार्यकर्तालाई समेटेर अघि बढाउने बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिबाट नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले आफू सबैको साझा सभापति भएको, र पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने बताए।
‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु , सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु, म सबैको सभापति हुँ, आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु,’ देउवाले भनेका छन्।
उनले पार्टीले थुप्रै अवरोध र व्यवधानहरूबीच महाधिवेशन गरेर आफूलाई लोकतान्त्रिक अभ्यासमा अग्रपंक्तिमा स्थापित गरेको भन्दै अब आमनिर्वाचनमा केन्द्रित हुनुपर्ने बताए।
नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले पाए प्रमणपत्र
कांग्रेसको १४औँ माहाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले प्रमाण पाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्यले प्रमाणपत्र लिएका छन् । २४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्न लागेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
