एजेन्सी । ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले निर्माण गरेको खोप प्रभावकारी बनेको छ। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले गरेको परिक्षण चरणको खोप प्रभावकारी बनेको हो।
बिहीबार अक्सफोर्ड युनिभर्सिटी ल्यावको अध्ययन रिपोर्टलाई उद्धृत गर्दै उक्त कम्पनीले ओमिक्रोन भेरियन्टविरुद्ध एस्ट्राजेनेकाले बनाएको खोप प्रभावकारी बनेको पुष्टि गरेको हो ।
ओमिक्रोनविरुद्ध कम्पनीले बनाएको खोपको तीन डोज पहिलो चरणमा परीक्षण गरिएको थियो। उक्त परिक्षण सफल बनेको कम्पनीले जनाएको छ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा ओमिक्रोन विरुद्धको खोप तयार गरिरहेको केहि दिनअघि कम्पनीले जानकारी दिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
