कांग्रेस केन्द्रीय सदस्यमा तीन डाक्टर इन, ६ आउट

काठमाडौँ । कांग्रेसको १४औँ महाधिवेशनमा भएको खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा तीन जना डाक्टर निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित तीन डाक्टरमा डा. शशांक कोइराला, प्राडा गोविन्दराज पोखरेल र डा. रामशरण महत छन्।

Advertisement

कोइरालाले पपुलर मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले ३८३६ मत ल्याएका हुन्। ३५ सदस्यका लागि भएको निर्वाचनमा तीन जना डाक्टर निर्वाचित हुँदा ६ जना डाक्टर भने पराजित भए।

पराजित हुनेमा प्रा.डा. तिर्थराज खनियाँ, डा. सुरेशचन्द्र चालिसे, डा. टिएन योगी, डा. रामशरण थपलिया, डा. सुरेश मल्ल र डा. मुकेशराज काफ्ले रहेका छन्।

कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौँको भृकुटी मण्डपमा चलेको थियो ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ। महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ।

More News last news
Loading...