काठमाडौं l नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् ।
खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् ।
३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।
एक हजार मत कटाउने नेताहरु:
१) डा शशांक कोइराला :- १९७१, एनपी साउद :- १५३८, बाल कृष्ण खाँण :- १५०७, रमेश लेखक :- १४५१, ज्ञानेन्द्र बहादुर कार्की :- १४२३, उदय सम्शेर राणा :- १४४५, रामहरी खतिवडा :- १३९५, अर्जुननरसिंह केसी :- १३८३, गोपाल मान श्रेष्ठ :- १३२३, जिप छिरिङ लामा :- १३१२, जितजंग बस्नेत :- १२८३, नैन सिंह महर :- १२८२, डा रामशरण महत :- १२८१, सुनिल बहादुर थापा :- १२४६, बल बहादुर केसी :- १२३३, दिलेन्द्र प्रसाद बडु :- १२३१, मोहन बहादुर बस्नेत :- १२०२, दिपक गिरि :- ११७४, सुरेन्द्र राज पाण्डे :- ११५१, कुन्दन राज काफ्ले :- ११४३, सन्जय कुमार गौतम :- १००१ रहेको छ ।
९ सय कटाउने नेताहरु
प्राडा गोविन्दराज पोखरेल :- ९६२, राजीव ढुंगाना :- ९३५, डा. गोपाल दहित :- ९३१, कृष्णकिशोर घिमिरे :- ९२९, दिनेश कोइराला :- ९२५, बिरेन्द्र कुमार कनौडिया :- ९१९, इ मोहन आचार्य :- ९१३, अजयबाबु सिवाकोटी :- ९०९, मदन बहादुर अमात्य :- ९०८ रहेको छ ।
आठ सय कटाउने:
उमेश जंग रायमाझी :- ८९१, ३२) गणेश लामा :- ८८८, मंगल प्रसाद थारु :- ८७१, मनोज मणि अचार्य :- ८५४, केदार कार्की :- ८१९, यज्ञ बहादुर थापा :- ८०७ थापासहित ७९९ सयसम्म मत ल्याएका सबै ३५ जनाको कोटाभित्र पर्न असफल भएका छन्।
यद्यपि यो २३९३ मत गणनाको परिणाम हो । २२८९ मत गन्न बाँकी नै छ । आइतबार आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
