सुनीलबहादुर थापा काँग्रेस केन्द्रीय सदस्य निर्वाचित हुने दिशातर्फ

काठमाडौं । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणनामा नाम चलेका नेताहरु निर्वाचित हुने सम्भावना बलियो बन्दै गएको छ ।

३० प्रतिशत मतगणना सकिंदा चर्चित नेताहरुले अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर काँग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा बढी मत ल्याउने २० नेताभित्र छन् ।

Advertisement

३५ जना निर्वाचित हुने केन्द्रीय सदस्यमा उनी २० भित्र परिरहेबाट जित्ने सम्भावना बलियो भएको हो । थापा काँग्रेसमा प्रवेश गरेपछि सहमहामन्त्री मनोनित भएका थिए ।

उनी राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा हुन् । धनकुटा उनको चुनावी क्षेत्र हो।

More News last news
Loading...