नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार कोइराला प्यानलका पाण्डे विजयी भएका हुन् ।
सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गरि पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् । शाहीले २१३३ मत पाएका छन् । यस्तै चेतराज बरालले ९९ मत पाएका छन् ।
आजै भएका मत गणनामा खस–आर्यतर्फको सहमहामन्त्रीमा देउवा पक्षका किशोरसिह राठौर र मुस्लिम तर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भइसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
