काठमाडौं l राष्ट्रियसभा सदस्य गायिका कोमल ओलीले नेकपामा कार्यकारी जिम्मेवारी पाएकी छिन् । नेकपा एमालेले गायिका कोमल वलीलाई दाङ जिल्लाको सह इन्चार्जको जिम्मेवारी दिएको छ ।
१०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित वलीलाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले वलीलाई सह इन्चार्ज तोकेको हो।
दाङको इन्चार्जमा भने पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जिम्मेवारी पाएका छन् । अन्य सह इन्चार्जमा गंगा सत्गौवा, मेनका पोखरेल, घनश्याम पाण्डे र सीता न्यौपाने छन्। उनीहरु सबै केन्द्रीय सदस्य हुन्।
यसअघि उनी वली दाङको ३ नं. निर्वाचन क्षेत्रको प्रदेश प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को इन्चार्जको जिम्मेवारीमा थिइन् ।
रेडियो नेपालमा लामो समय काम गरेकी पत्रकार तथा गायिका वली राजिनामा दिएर राप्रपा प्रवेश गरेकी थिइन् । उनी प्रतिनिधिसभा निर्वाचन अगाडि तत्कालीन एमालेमा प्रवेश गरेपछि राष्ट्रियसभा सदस्य र भर्खरै सम्पन्न एमालेको महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
