काठमाडौँ । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार ७० मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ३४ मत ल्याएर पछ्याएका छन् ।
यसैगरी, प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७, मिनेन्द्र रिजालले २१ मत ल्याउँदा राजाराम कार्कीले शून्य मत पाएका छन्। केही समयअघिबाट मतगणना सुरु भएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो। यसअघि सभापतिमा शेर बहादुर देउवा र उप सभापतिमा पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
