दुई मतले हारेपछि निर्वाचन समिति गुहार्न पुगे गच्छदार

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन्।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए।

Advertisement

गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए। गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् ।

महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् । खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २–३ मत अन्तरले जितेका हुन्।

गुरुङसँग विजय गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे ।

चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए ।

More News last news
Loading...