काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ।
मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।
पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने देउवा र कोइरालामात्र छन् ।
अहिले मतदान चलिरहँदा मतदानस्थलमा प्रकाशमानले शेरबहादुरलाई भोट मागिरहेका छन् । सोमबार आफूलाई सभापतिमा निर्वाचित गर्न भन्दै भोट मागेका प्रकाशमानले मंगलबार देउवालाई जिताउन भोट मागेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
