काठमाडौं l नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी कल्याणकुमार गुरुङले पनि सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । सभापतिको दोस्रो चरणको मतदानमा आफूले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए ।
‘अहिले हामी सबै साथीभाइ सँगै छौं । प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिज्यूलाई समर्थन गर्ने निर्णय गर्नुभएछ।त्यसैले हामीले पनि दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको छ,’ गुरुङले न्युज कारखानासँग भने।
उनले सभापतिको निर्वाचनमा २२ मत प्राप्त गरेका थिए । देउवालाई सभापतिमा जित्न मात्र ८३ मत आवश्यक छ।
दोस्रो चरणको निर्वाचनमा जाने शेखर समुहको निर्णय
कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेका छन् । सभापतिमा पहिलो चरणको निर्वाचनपछि आएको मत परिणामको समीक्षा गर्न मंगलबार दिउँसो बसेको कोइराला समूहको बैठकले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेको हो ।
कोइरालाको यो निर्णयसँगै अब कांग्रेस सभापतिका लागि आज दिउँसो साढे ३ बजेदेखि पुनः मतदान हुने निश्चित भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
