लोक, आधुनिकपछि गीतकार खनालको फिल्मी गीतमा फड्को, नयाँ फिल्मको गीत बजारमा

काठमाडौँ । पछिल्लो पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको शब्द रहेको चलचित्र तिम्रो हुने कहिलेको गीत बजारमा आएको छ ।

राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्र तिम्रो हुने कहिलेमा समावेश गीत दैव लाग्यो मायामा बोलको गीत क्लासिक फ्रेम मूभी युट्युव च्यानल मार्फत बजारमा आएको हो। वरिष्ठ गायक राम भक्त जोजिजूको स्वरमा रहेको उक्त गीतमा बाबुल गिरीले संगीत भरेका हुन् भने म्युजिक भिडियोलाई राजु गिरीले निर्देशन गरेका हुन्।

Advertisement

लोक र आधुनिक पछि फिल्मी गीतमा खनालको फड्को

गीत संगीतको क्षेत्रमा सानै उमेरमा आफ्नो छुट्टै छाप छोड्न सफल गीतकार संगीतकारको रुपमा चिनिन्छन् अनिल खनाल। नेपाली मौलिक लोकदोहोरी क्षेत्र देखि आधुनिक, पप, र्याप, चलचित्र लगायत, कबिता, गजल तथा अन्य साहित्यमा पनि कलम चलाउन माहिर खनाललाई उनकै क्षेत्रका अग्रजहरुले पनि भविस्यको एक स्तम्भको रुपमा चित्रण गर्ने गरेको पाइन्छ।

नेपाली गीत संगीतको क्षेत्रमा करिब एक सयको हाराहारिमा गीत लेखेका खनाल अहिलेका अत्यन्तै ब्यस्त र चल्तिका गीतकार संगीतकार भित्र पर्छन्।

उनका सर्पले झैँ डसेर गयौ, मेरि सानू कहाँ होलिन्, बनाएर मायाको भत्काएर घर, कस्तो यो खेल, खाली खाली खाली छु, लाहुरे आयो, परदेशी भाइ, जीवन धराप छ, आँसु प्यारो छ, मर्छु अबत, दाइको बिहे, लगायत दर्जनौ गीतहरु लोकप्रिय छन्।

शुक्रबार (भोलि) देखि सिनेमाघरमा लाग्दै तिम्रो हुने कहिले

चलचित्र ‘तिम्रो हुने कहिले ?’ सिनेमाघरमा आउने भएको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि सिनेमाघरमा चलचित्र नआइरहेको अवस्थामा यही शुक्रबारदेखि चलचित्र ‘तिम्रो हुने कहिले’ प्रदर्शनमा आउने भएको हो।

राजु गिरीको कथा तथा निर्देशन रहेको यो चलचित्रका निर्माता श्याम खत्री रहेका छन् । चलचित्रमा प्रकाश चन्द, मौसमी ओली, कारण पाण्डे, सविन बास्तोला, शारदा गिरी, मिना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, ठण्डबहादुर अधिकारी, रचना पौडेल, काजल गिरी, कंगना बस्नेत, सरोज मानन्धर लगाएतको अभिनय छ।

क्लसिक फ्रेमको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सुरेश पाण्डे र सुनिता बस्नेतको कोरियोग्राफी, रुपा मानन्धरको शृङ्गार रहेको छ । रामकृष्ण चौलागाईको छायांकन रहेको चलचित्रमा ललित सिंहको सम्पादन छ । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिनेमा हो। यो चलचित्रको केही समय पहिला विशेष शो पनि गरिएको थियो।

More News last news
Loading...