काँग्रेस अर्घाखाँचीको सभापतिमा युवा नेता डा. पौडेलको उमेद्वारी घोषणा

सन्धिखर्क । अर्घाखाँची कांग्रेसको सभापतिमा युवा नेता डा. इन्द्रमणि पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । अर्घाखाँची कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका पौडेलले औपचारिक रुपमा पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफूलाई जिल्ला सभापतिमा मतदान गरेर विजयी बनाउन सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरूसँग अपील गरेका छन् ।

‘हामीहरू यतिखेर नेपाली कांग्रेसको ऐतिहासिक १४औं महाधिवेशनको विशेष सन्दर्भमा छौं’, उनले भने, ‘यो महाधिवेशन पार्टी निर्माण र रूपान्तरणको निर्विकल्प माध्यम हो भन्ने कुरामा यहाँहरू जानकार नै हुनुहुन्छ ।’

Advertisement

उनले भने, ‘पार्टीको १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा यहाँहरूले मलाई जुन पदीय जिम्मेवारी प्रदान गर्नुभएको थियो, त्यो जिम्मेवारीलाई मैले सम्पूर्ण पक्षबाट पूरा गरेको छु भन्ने कुरामा म विश्वस्त छु ।’

‘यो महाधिवेशनमार्फत पार्टीलाई अझै सुदृढ र सु–संगठित गर्दै आसन्न आम निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने संकल्प र अठोटसहित मैले अर्घाखाँची जिल्लाको पार्टी सभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु’, युवा नेता पौडेलले भनेका छन् ।

‘पार्टीमा देखिएको ध्रुवीकरण र गुटबन्दीलाई अन्त्य गर्दै सबै नेता कार्यकर्ताहरूमा आपसी एकता, सहकार्य र सहअस्तित्वको निर्माणगर्ने मेरो एउटै लक्ष्य र उदेश्य हुनेछ’, उनले भनेका छन् ।

‘पार्टी निर्माणको यो ऐतिहासिक महाअभियानमा नेतृत्वको लागि मैले प्रस्तुत गरेको सभापतिको उम्मेदवारीलाई यहाँहरूको साथ, सहयोग र समर्थन रहने पूर्ण अपेक्षा गर्दछु’, युवा नेता पौडेलले थपे।

बेरोजगार युवाहरूलाई आफ्नै ठाउँमा रोजगारी वा स्वरोजगार उद्यमशीलतामा समाहित गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ युवाहरूलाई आयमूलक कार्यमा व्यस्त बनाउँदै काँग्रेसको संगठनलाई मजवुद बनाउँने दायित्व रहेको पौडेलले बताए । ‘युवाहरूलाई देशभित्रै राख्न सकेमा आगामी निर्वाचनमा युवाको महत्व बढी हुने भएका कारण प्राथमिकतामा राखेको पौडेलले बताए ।’

सामान्य परिवारमा जन्मेका पौडेलले अर्घाखाँचीमा गैरसरकारी संस्था मार्फत धेरै युवाहरुलाई स्वरोजगार बनाएका छन् । ‘राजनीति पाका उमेरकले मात्र गर्नुपर्छ भन्ने कुरा हुँदैन । बिपी कोइराला ४५ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएको थियो । म पनि सानै उमेरदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील भएका कारण पनि पार्टीको संगठन चलाउने क्षमता छ । नयाँ प्राविधिक युगसँगै पार्टी सञ्चालन गर्ने तरिका पनि प्रविधिमैत्री बनाउनुपर्नेमा पौडेलको जोड छ ।

अर्घाखाँचीमा सभापतिका लागि ४ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन् ।

More News last news
Loading...