पछिल्लो २४ घण्टामा देशभर थपिए ७७६ कोरोना संक्रमित, १३ को ज्यान गयो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८६४ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ र २ हजार ५८० जनाको एन्टीजेन परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, विगत २४ घण्टामा देशभर ५०१ संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ।

हाल देशभर १० हजार ३६० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

More News last news
Loading...