भारतले जित्यो १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि, नेपाल उपविजेतामा सीमित

काठमाडौं । भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आठौं पटक च्याम्पियन बन्ने क्रममा भारतले माल्दिभ्समा शनिबार भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्यो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले जनही एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो ।

Advertisement

यस्तै खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए। यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ ।

२८ वर्षपछि उपाधि नजिक पुगेको नेपालको पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रह्यो । तर, नेपाल पहिलो पटक सफामा उपविजेता बनेको छ ।

More News last news
Loading...