नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, एक संक्रमितको ज्यान गयो

काठमाडौं । नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा नेपालभर थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

देशभरका प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा कूल एक हजार ७७३ जनाको नमूना परीक्षण गरिएको थियो ।

जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १३६ र एन्टिजेन विधिबाट ११ संक्रमित पहिचान भएका थिए।

उक्त अवधिमा उक्त अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

More News last news
Loading...