साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । गएराति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो।

माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो । जितसँगै ३ खेलमा ५ अंक जोडेको भारत तेस्रो स्थानमा पुगेको छ । प्रतियोगितामा नेपालको यो पहिलो हार हो । नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ।

Advertisement

६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ । भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । अब बंगलादेशसँगको खेल नेपालका लागि ‘गर या मर’को अवस्थामा हुने छ । नेपालले बंगलादेशसँग बराबरी गरे वा जित निकालेमा फाइनल पुग्नेछ ।

बंगलादेशलाई भने जित्नै पर्ने दबाब छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौथो स्थानमा छ । नेपाल र बंगलादेशको खेल पर्सि दिउँसो पौने ५ बजे हुनेछ । साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेकोमा श्रीलंका भने बाहिरिसकेको छ ।

More News last news
Loading...