कोरोना संक्रमण घट्दै, ८०५ जनामा संक्रमण, ८ जनाको ज्यान गयो

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको छ । असोजको तेस्रो साता लागे संगै नेपालमा कोराना संक्रमितको संख्या घट्दै गएको हो।

पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

Advertisement

७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमित हुने १५ हजार ९४२ जना रहेका छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ५७ हजार १५८ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् । मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६।६ प्रतिशत रहेको जनाएको छ ।

More News last news
Loading...