काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि शुक्रबार कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने भएको छ।
भोलि काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ।
३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ।
यसैगरी, काठमाडौँ १४, कलंकी क्षेत्रका नागरिकका लागि पनि वडा कार्यालय (भूवनेश्वरी मन्दिर) र कुलेश्वर आवास क्लिनिकमा खोप दिइने भएको छ । खोप लगाउन आफ्नो पहिचान खल्ने परिचयपत्रसहित उपस्थित हुन वडाध्यक्ष शोभा सापकोटाले आग्रह गरेकी छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
