आज विश्वासको मत लिंदै मुख्यमन्त्री राउत, यस्तो छ प्रदेशको जोड घटाउ ?

धनुषा । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकबाट विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको हो।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने छन्।

Advertisement

यता प्रतिपक्षी दलहरुले भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने जनाइसकेका छन् । तर प्रदेश–२ का मुख्यमन्त्री राउतले मंगलबार सहज रूपमै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।

प्रदेशसभा–२ मा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री राउतले सत्ता साझेदार दलहरूका प्रदेशसभा सदस्य संख्याका आधारमा सहजै विश्वासको मत प्राप्त गर्ने छन्। मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन संसद् बैठक बोलाइएका छन् । प्रदेशसभामा १०४ सदस्यीय संख्या प्रदेशसभा सदस्य छन्।

प्रदेश–२ सरकारको नेतृत्व गर्ने जसपाका ३८, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ र नेकपा (एकीकृत समाजवादी) का १३ गरी ७८ जना सदस्यको सुविधाजनक मत मुख्यमन्त्री राउतको पक्षमा छ।

जसपा विभाजन भई सरकारबाट समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वास मत लिनुपर्ने प्रावधान रहेको छ। मुख्यमन्त्री राउतको पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ। मुख्यमन्त्री राउतलाई विश्वासको मत लिने संवैधानिक संकट आइपरेको छ।

More News last news
Loading...