बुद्धजन्मभूमि नेपालै हो, बरु बौद्ध सभ्यता नेपाल-भारत दुवैतर्फ विस्तारित छ : भारतीय पूर्वराजदूत रे

काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले गौतम बुद्ध नेपालमै जन्मेको भन्ने भनाइलाई स्वीकार गरेका छन्।उनले आफ्नो नवप्रकाशित पुस्तकमा बुद्धको जन्म नेपालमै भएको पुष्ट्याइँसहित ब्याख्या गरेका छन्।

उनको नवप्रकाशित पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डियानेपाल टाइज’मा बुद्धको जन्म नेपालमै भएको भन्दै बरु बौद्ध सभ्यता नेपाल–भारत दुवैतर्फ विस्तारित भएको उल्लेख गरेका छन् ।

Advertisement

तर उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अयोध्या भारतमा नभइ नेपालकै भूमि हो र योगको उत्पत्तिसमेत नेपालमै भएको भनेर भन्नु प्रामाणिकभन्दा पनि चरम राष्ट्रवादिताका उदाहरण भनेर उनको पुस्तकमा उल्लेख गरेका छन्।

त्यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाइ भने ‘नेपाली राजनीतिकै ‘सबैभन्दा चतुर खेलाडी’ भनेर भनेका छन्। उनले राष्ट्रवादलाई प्रमुख मन्त्र बनाएर लोकप्रियता र नेपाली जनाताको भावना जितेको उल्लेख गरेका छन् ।

महाकाली सन्धि भएयता ओली भारतको सबैभन्दा निकट मित्र भएपनि पछिल्लो समय ओली राष्ट्रवादी ओहोदाका भएका उनले उल्लेख गरेका छन् । पछिल्लो समय नेपालमा राष्ट्रवादको भावना चर्को रुपमा बढेको उनको दावी छ।

‘पहिले राष्ट्रवादी सोच र भावनाकै बीच फुटबल म्याच खेल्न भारतबाट आएका खेलाडीलाई दशरथ रगशालाका दर्शकले ‘धोती’ भनेको र ‘बुद्ध नेपालमा जन्मिएका हुन्,’ उनले भनेका छन् ।

More News last news
Loading...