काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले गएराति श्रीलंकालाई ३-२ ले हराएको छ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपाललाई विजयी गराउन सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक एक गोल गरे।
लगातार दोस्रो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो। दुई खेलबाट नेपालले ६ अंक जोडेको छ । समान खेलबाट ४ अंक जोडेको बंगालदेश दोस्रो स्थानमा छ।
हिजै सम्पन्न पहिलो खेलमा दश खेलाडीमा सिमित बनेको बंगालदेशले भारतलाई १–१ को बराबरीमा रोकेको थियो । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आइतवार राति भारतसँग खेल्नेछ।
प्रतियोगितामा सहभागि ५ टोलीले राउण्ड रोबिन लिगको आधारमा समुह चरण खेलिरहेका छन्। समुहका शिर्ष दुई टोली उपाधिको लागि भिड्नेछन् । फाईनल खेल यही असोज ३० गते हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
