देशभर ११२३ जना संक्रमित निको, ८६७ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २१९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ५९८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ५९ जना र २ हजार ६२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८८ हजार ५४७ पुगेको छ ।

२४ घण्टामा १,१२३ जना कोरोनामुक्त भए, ९ को मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हार १२३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २१९ जनाको परीक्षण हुँदा हालसम्म कुल ४८ लाख ०४ हजार ८०४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ।

More News last news
Loading...