साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौँ । च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।

माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो।

Advertisement

नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे । यस जितसँगै नेपालले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ।

माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा बेहोरेको हारको बदला समेत लिएको छ।

ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो।

More News last news
Loading...