उपत्यकामा ३३५ सहित देशभर थपिए ११ सय ५७ कोरोना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणबाट ८९२ जना र ३ हजार ८८९ एन्टिजेन परीक्षणबाट २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यस्तै, गत २४ घण्टामा देशभर कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार ११ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २६५, ललितपुरमा ४२ र भक्तपुरमा २८ जना संक्रमित थपिएका हुन् ।

More News last news
Loading...