काठमाडौँ । जितिया पर्वको अवसरमा आज यो प्रदेशमा प्रदेश सरकारले सार्बजनिक बिदा दिएको छ । आज (बुधबार) प्रदेश नम्बर २ सरकारले महिलाका लागि सार्वजनिक बिदा दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले सोमबार शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण व्रतालु महिलालाई निष्ठापूर्वक जितिया पर्व मनाउन आग्रह गरेका छन् । प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ।
पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले यस पर्वमा कठोर व्रत बस्ने गर्दछन्। शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले सन्तानप्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरुन् भनी कामना गरेका छन् ।
यस्तो छ जितिया पर्वको महत्व
मधेसी र थारु संस्कृतिका पर्वमध्ये यो एउटा प्रमुख पर्व हो । यसलाई ‘जिमुतवाहन’व्रत पनि भनिन्छ । असोज कृष्णपक्ष अष्टमी तिथीदेखि मधेशी तथा थारु समुदायका महिलाहरूले जितियालाई अधिक महत्व दिँदै मनाउने गर्छन् ।
यस व्रतमा थुक पनि निल्न नहुने र ७२ घण्टासम्म निराहार उपवास बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा लिइने गरिएको मैथिलीका प्राध्यापक श्यामा महतो बताउछिन् । अर्थात यसलाई ‘खड् जितिया’पनि भनिन्छ।
पुत्रको सुख शान्ति र चिरायुका लागि महिलाले निराहार रुपमा उपवास बसी प्राचीन प्रक्रिया अनुरुप पूजा गर्ने चलन छ । जितिया पर्वको मुख्य उदेश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारमा सुख, समृद्धि र कल्याण हुने जनविश्वास रहेको महोत्तरी गौशाला नगरपालिका–१ की सुनिता सिंह बताउछिन् । यस पर्वबारे एउटा भनाइ प्रख्यात छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
