काठमाडौँ । पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने १३७१ जना संक्रमणमुक्त भएका छन्।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० छ, जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा छन् भने त्यस्तै १३६० जना संस्थागत आइसोलेसनमा छन् । कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौँमा १९८, ललितपुरमा ७३, भक्तपुरमा ४०, कास्कीमा ७०, सुनसरीमा ५५, मोरङमा ५४, झापामा ३२, सुर्खेतमा ७३ र रुपन्देहीमा ३५ जना संक्रमित भेटिएका छन्।
त्यस्तै चितवनमा २४, गोरखामा १६, मकवानपुरमा ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
