काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
१० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएका छन्।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ भने ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २५६ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ७३ जना कोरोना संक्रमित थपिएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
