नेपालमा थप १ हजार ३३० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ८३० जना निको भएका छन्।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ भने ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन्। जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका सबैभन्दा धेरै काठमाडौँमा २६१, कास्कीमा १०६, ललितपुरमा ९८, मोरङमा ९६ र सुनसरीमा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै चितवनमा ६८, झापामा ५१, भक्तपुरमा ४३, रुपन्देहीमा ३९, मकवानपुरमा २०, कैलालीमा १४, नवलपरासी पुर्वमा १३ र काभ्रेपलाञ्चोकमा ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...