पछिल्लो २४ घण्टामा संक्रमितभन्दा झण्डै दोब्बर कोरोनाका बिरामी निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ।

मन्त्रालयका अनुसार १४१३ जना संक्रमणमुक्त भएका हुन्।

Advertisement

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। यससँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ।

हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् भने ११७ जना भेन्टिलेटरमा रहेका छन्। पछिल्लो २४ घण्टामा १० हजार १३ जनामा परीक्षण भएको थियो।

More News last news
Loading...