चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप आज अपरान्ह नेपाल आइपुगेको छ। नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले खोप काठमाडौं ल्याएको हो।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार खोप २ बजे काठमाडौं आइपुगेको हो। सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो।

Advertisement

जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। खोप ल्याउन निगमको वाइडवडी ३३० जहाज बिहीवार बेइजिङ गएको थियो।

आज शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ। कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १२ पुगेको छ । संक्रमित मध्ये ७ लाख ४६ हजार ५६६ जना संक्रमणमुक्त भएका छन्।

आज (शुक्रबार) मात्रै देशभर १,३५१ जना बिरामी संक्रमणमुक्त भएका छन् । आजसम्म देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित छन् ।

More News last news
Loading...