चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्दै

काठमाडौँ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ।

खोप लिन बिहीबार राति चीनतर्फ उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमान आज दिउँसो २ बजे खोप लिएर फर्किने छ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल ल्याइसकेको छ।

अहिलेसम्म कोभिशील्ड २४ लाख ४८ हजार मात्रा, भेरोसेल ७४ लाख मात्रा, जोन्सन एन्ड जोन्सन १६ लाख मात्रा, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप नेपालले प्राप्त गरेको छ।

खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज हिजो (बिहीबार) साँझ ५ः४५ बजे बेइजिङ उडेको थियो ।

More News last news
Loading...