काठमाडौँ । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको छ। भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले कांग्रेसनिकट नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको हो।
आयोगको उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। दुवै जनाले बुधवार सपथ लिएका छन् ।
यसअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो।
आयोग गठन भएसँगै अब भूमिहीनले भूमि पाउने अपेक्षा गरिएको छ। अघिल्लो आयोगले देशभर भूमिहिन किसानका लागि जग्गा कित्ताकाट गरेर सकेको दाबी गरेको थियो ।
यसअघि गठन भएको देवी ज्ञवाली नेतृत्वको आयोगले सबै स्थानीय तहसँग सहकार्य गरेर भूमिहीनको लगत संकलन गरेको थियो । सोही संकलन गरेको आधारमा आयोगले काम अघि बढाउने मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
