मदन सिग्देल
पोखरा । युवा पुस्ताहरुमा ‘एडभेन्चर’ मोह वढ्दो छ । त्यसैले त देशका विभिन्न भू-भागहरुमा साहसिक खेलको विस्तार हुने क्रम वढ्दो छ । पछिल्लो समय भोटेकोशी र पर्वतको कुश्माको अलवा पर्यटकीय पोखरा पनि यस खेलका लागि प्रख्यात मानिन्छ ।
पोखरा यसै पनि पर्यटकीय अझ साहसिक खेलको विस्तारले झन रौनकता थपेको छ । यसमा पोखराको हेम्जामा सञ्चालित ‘हाइ ग्राउन्ड एडभेञ्चर’ ले सञ्चालन गरेको बञ्जी र जिपलाइनले पनि महत्वपूर्ण योगदान पुर्याएको छ।
एकै ठाउँमा बञ्जी र जिपलाइनको मज्जा लिन पाउँनुले पनि यस स्थानमा साहसिक खेलमा रमाउनेहरुको रोजाईमा यो स्थानमा पुग्ने गरेका छन् । यहाँको बिशेषता भनेको नै सराङ्कोटको डाडाबाट पोखराको हेम्जासम्म १८ सय मिटर लामो दुरी र ६ सय मिटरको अग्लोमा ठाउँमा रहेको डोरीमा झुण्डिएर तल झर्नु हो।
जिपलाइन सक्किदा बित्तिकै ७० मिटरको उचाईबाट मुटु नै चिसो हुनेगरी डोरीमा झुण्डिनुको मज्जा पनि वेग्लै छ । बञ्जीका लागि पुगेका थोरै व्यक्तिहरु मात्र बञ्जी नगरेर फर्कने गर्दछन् भने प्रायः ले त्यहाँ पुगिसकेपछिको माहौलका कारण पनि ‘जम्प’ गर्ने गरेका छन्।
जिपलाइन र बञ्जीमा रमाउदै गर्दा खुलेको मौसममा पोखरा उपत्यका, आँखै अगाडी देखिने माछापुच्छे र अन्नपुर्ण हिमाल दृश्यले थप लोभ्याउँछ । जिपलाइन र बञ्जीका लागि हाइ ग्राउन्ड एडभेञ्चरको पोखराको लेकसाईड अफिसबाट कम्पनी आफैले सराङकोटसम्म लैजाने गाडीको व्यबस्था गरेको छ । जसका लागि ४५ मिनेटको समय लाग्दछ । सराङकोटबाट जिपलाइन गरेर हेम्जा झरिसकेर बञ्जी गरिसकेपछि पुनः गाडीले नै लेकसाईडसम्म पुर्याउँछ ।
कम्पनीले बञ्जी र जिपलाइनका लागि विभिन्न प्याकेजहरुको व्यवस्था समेत गरेको छ । जसमा कम्बो प्याक अन्तर्गत बञ्जी र जिपलाइनको ८ हजार तोकिएको छ जसमा फोटो र भिडियोको लागि अतिरिक्त १५ सय लाग्नेछ भने । बञ्जी र जिपलाइन मध्ये एकमात्र रोज्ने हो भने ४५ सय र फोटो र भिडियोको लागि १ हजार थप तिर्नुपर्ने छ । हाइ ग्राउन्डमा धेरै सेलिब्रेटीहरु समेत बञ्जी र जीपलाइनका लागि पुग्दा यस स्थानको लोकप्रियता अझ थपिएको छ ।
स्वस्तिमा खड्का, श्रृखंला खतिवडा, आयुषमान देशराज जोशी, आँचल शर्मा, पुजा शर्मा लगायतका नायक नायिकासहित चर्चित भिजे सञ्जय गुप्ता, कुटुम्ब सांगीतिक समूह लगायतका कलाकार र टिकटकबाट स्टार बनेका प्रिज्मा र प्रिन्सा सहितका धेरै स्टारहरु यस स्थानमा पुगेर जिपलाइन र बञ्जीमा रमाईसकेका छन् ।
तपाईहरु पनि हाइ ग्राउन्डमा गएर बञ्जी र जिपलाइनमा रमाउन चाहानुहुन्छ भने ०६१–४५६३४५ वा ९८०२०६५७७२ मा अग्रिम बुकिङ गर्न सक्नुहुनेछ । हेरौं हाइ ग्राउन्ड एडभेञ्चर नेपालले नयाँपुस्तालाई उपलब्ध गराएका केहि तस्बिरहरु :





![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
