काठमाडौं । यातायात व्यवस्था विभागले दशैँका लागि असोजको ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको छ।
विभागले सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवसायीहरुसँग छलफलले सो प्रस्ताव गरेको हो।
विभागका अनुसार दशैँका लागि उपत्यका छाड्ने यात्रुहरुको सुविधाको लागिअग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ।
अग्रिम टिकट बुकिङका विषयमा ‘प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालयमा पनि छलफल भएको स्रोतले जनाएको छ।
यसअघिका दशैँमा करिब २० लाखले उपत्यका छाड्ने गरेका थिए । कोरोना महामारीको कारण गत वर्षको दशैँमा त्यो संख्या आधा घटेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
