एमाले सांसदको नाराबाजीकाबीच विनियोजन विधेयक स्वीकृत 

काठमाडौँ । एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक बिचार गरियोस भन्ने प्रस्ताव स्वीकृत भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए।

Advertisement

सभामुखले दिएको समयमा नेमकिपाका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिएका थिए।

जवाफ लगत्तै सभामुखले विधेयक बिचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे। बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले बिचार गरियोस भन्ने प्रस्ताव भएको घोषणा गरे।

विधेयक बिचार गरियोस भन्ने प्रस्ताव पारित भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ।

More News last news
Loading...