काठमाडौँ । आज सरकारले दई जिल्लमा सर्बजनिक बिदा दिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आज २७ गते सार्वजनिक बिदा दिइएको छ।
२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको थियो।
सोही निर्णयअनुसार भदौ २७ गते थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अघिल्लो वर्ष अटुवारीको अवसरमा प्रदेशभरी बिदा दिइएकोमा यो वर्ष कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ।
अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
