छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ । बिकको अहिले लम्कीमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Advertisement

More News last news
Loading...