काठमाडौँ । स्टार खेलाडी नेयमार र लिओनल मेस्सीबिनै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार पाँचौ जित निकालेको छ।
शनिबार राति भएको खेलमा क्लेरमोन्ट फुटलाई ४-० गोल अन्तरले पराजित गर्दै पिएसजी पाँचौ जित निकालेको हो।
लिगमा अपराजित यात्रा कायम गर्ने क्रममा एन्डर हरेराले दुई गोल गर्दा केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एकर एक गोल थपे।
स्टार खेलाडी नेयमार र मेस्सी भने विश्वकप छनोट खेलेर पेरिस झरे पनि मैदान उत्रन पाएका छैनन्।
खेलको २० र ३१औँ मिनेटमा हरेराले लगातार गोल गर्दै पेरिसलाई २–० को अग्रता दिलाए। खेलको ५५औँ मिनेटमा एमबाप्पेले गोल गरे भने ६५औँ मिनेटमा इद्रिस्साले गोल गर्दै पिएसजीलाई ४–० को जित दिलाए।
जितसँगै पिएसजीले पाँच खेलमा १५ अंक जोड्दै शीर्ष स्थानमा छ । क्लेरमोन्ट फुट पाँच खेलमा आठ अंक जोडेर दोस्रो स्थानमा छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
