काठमाडौं । भारतका लागि पूर्वनेपाली राजदूत रुक्मशमशेर राणाको निधन भएको छ।
काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा उनको शनिबार बिहान निधन भएको हो। राणा सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत भएका थिए ।
राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।
उनको जन्म सन १९३६ मार्च १२ मा भएको थियो। उनी भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक समेत हुन् ।
राणाको आइतबार दाहसंस्कार गरिने उनका ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
