काँग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर, रोकिएका वडा अधिवेशन असोज ५ मा

प्रदेश र केन्द्रीय महाधिवेश पुरानै मितिमा

काठमाडौँ । काँग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ। के्रन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन्। पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन्।

Advertisement

जसअनुसार २७ भदौको पालिका अधिवेशन ९ असोजमा, १ असोजको प्रदेश सभा क्षेत्रीय अधिवेशन ११ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन ५ असोजको १३ असोजमा, एकभन्दा बढी भएका जिल्ला १० असोजको १६ गते असोजमा प्रस्ताव गरिएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९-१३ मंसिरमा हुनेछ । २० जिल्लामा रोकिएको वडा अधिवेशन ५ असोजमा हुने नेता महतले बताए।

५४ जिल्लामा सकियो काँग्रेसको वडा अधिवेशन

नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ–नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ। काँग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये भदौ १८ गते ३५ जिल्ला, भदौ १९ गते दुई जिल्ला, भदौ २० गते एक जिल्लामा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

More News last news
Loading...