देशभर थपिए ११४६ कोरोना संक्रमित, २१ जनाको निधन

१५ जिल्लामा ५०० बढी सक्रिय संक्रमित

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार १४६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनामा परीक्षण गर्दा एक हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो।

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित संख्या २७ हजार ९५८ जना रहेको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १५ छन् । नेपालमा सक्रिय संक्रमण दर १९.३ प्रतिशत रहेको छ।

Advertisement

यस्तै, आज एक हजार ६६० जनाले कोरोना जितेका छन्। हालसम्म कूल सात लाख ३६ हजार ६६६ जना संक्रमण मुक्त भएका छन्। नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाले ज्यान गुमाएका छन्। हालसम्म कूल १० हजार ९२४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

हाल देशभर ४५८ जना सघन उपचार कक्ष (आइसियु), १४५ जना भेन्टिलेटर, २६ हजार २९६ जना होम आइसोलेसन, एक हजार ६६२ जना संस्थागत आइसोलेसन र २५२ जना क्वारेन्टाइनमा रहेका छन्।

More News last news
Loading...