नेताको कार्यविभाजन र महाधिवेशनबारे छलफल गर्न आज एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । आजको बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा नेताहरुको कार्यविभाजन हेरफेर गर्ने विषयमा समेत छलफल हुने बताइएको छ । एमालेको विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौँमा हुँदैछ । त्यसअघि विधान मस्यौदामाथि देशभर छलफल गरेर सुझाव मागिएको छ।

Advertisement

स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरि आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ। एमालेको केन्द्रीय कमिटी बैठक असोजर १ र २ गते बस्ने बताइएको छ ।

विधान मस्यौदामा प्रस्तावित कतिपय विषय स्थायी कमिटीमा सहमतिका आधारमा हेरफेर हुन सक्ने नेताहरुले बताएका छन्।शुक्रवारको बैठकले स्थायी कमिटीका नेताको जिम्मेवारी समेत हेरफेर गर्ने सम्भावना रहेको छ।

माधव नेपाल छाडेर एमालेमै बसेका नेताहरुको जिम्मेवारी परिभाषित नभएकाले स्थायी कमिटीले यसबारे टुंगो लगाउने बताइएको छ।

More News last news
Loading...