बीपी संग्रहालय पुगेर विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

बिहीबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर कांग्रेस प्रवक्ता शर्माले महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

Advertisement

हाल केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेसँगै १४औं महाधिवेशन युवा आकर्षण हुने देखिएको छ।

यसअघि, अर्का केन्द्रीय सदस्य गगन थापाले पनि महामन्त्री उठ्ने घोषणा गरिसकेका छन् । १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार रहनुभएका थापाले यस पटक पनि सोही पदमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन् ।

अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमै प्रतिष्पर्धा गर्ने बताइसकेका छन् । भदौं १८ गतेबाट वडा अधिवेशन थालेको कांग्रेसमा अझै पनि २१ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन।

सभापति बन्न नेताहरुको दौडधूप चलिरहेका बेला पार्टीभित्र अर्को आकर्षणको पद मानिएको महामन्त्रीमा एकपछि अर्को उम्मेदवारी घोषणा हुन थालेको हो।

More News last news
Loading...