काठमाडौँ । नेपाली काँग्रेसले मंगलबार (आज) का लागि संसदीय दलको बैठक बोलाएको छ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ ।
संसद भवनको ल्होत्से हलमा बैठक बस्ने काँंग्रेसले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट बुधबार अपरान्ह ४ बजेका लागि संसदको बैठक डाकिएको छ।
दलको बैठकमा संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट, अध्यादेश लगायतका विषयमा सांसदहरुलाई जानकारी दिने, छलफल गर्ने र आगामी रणनीति के हुने ? भन्ने विषयमा विचार आदानप्रदान हुने काँग्रेसले जनाएको छ ।
सदनलाई सहज रुपमा चलाउने प्रयासमा काँग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग पनि छलफल गरिरहेको काँग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
उता प्रमूख प्रतिपक्षी दल नेकपा (एमाले) ले काँग्रेस सभापति शेर बहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो दल फुटाएको, सभामुख कृष्ण बहादुर महरा पक्षपाती माओवादीको कार्यकर्ता मात्रै भएको भन्दै भोलिबाट हुने संसद् अधिवेशन कुनै हालतमा चल्न नदिने बताउँदै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
