काँग्रेस महामन्त्रीमा उमेद्वारी दिने प्रदीप पौडेलको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन्। आगामी मंसिर ९-१३ मा हुने १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने पौडेलको तयारी छ।

केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका पौडेलले जानकारी दिए। १३ औं महाधिवेशनमा युवा नेताहरु मध्ये सर्वाधिक मत प्राप्त गरेका पौडेलले १४ औं महाधिवेशनमा महामन्त्रीमा भिड्ने योजना बनाएका छन्।

Advertisement

उनी केन्द्रीय सदस्यमा खुलाबाट निर्वाचित २५ जना मध्ये १७ सय ९ मत ल्याएर ५ औं नम्बरमा निर्वाचित भएका थिए।

काँग्रेसभित्र तेस्रो धारका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट उनी महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन्।

१४ औं महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दिने रणनीतिमा रहेका सिटौलाले प्रदीपलाई महामन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । पौडेलले त्यही अनुसार तयारी गरेको पाइएको छ।

More News last news
Loading...