आज भारतविरुद्धको खेलमा यी ११ नेपाली खेलाडी मैदानमा उत्रिँदै

काठमाडौँ । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाली सुरुवाती–११ टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुवाती–११ खेलाडी घोषणा गरेका हुन् ।

नेपाल र भारतबीचको खेल अपरान्ह ५ः३० बजेबाट शुरु हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो।

Advertisement

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ। नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

नेपाली टिम 

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ

मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा

फरवार्ड – मनिष डाँगी, आयुष घलान, आशिष लामा

भारतले पनि सुरुवाती-११ सार्वजनिक गरेको छ । भारतले ७ खेलाडी परिवर्तन गरेको छ ।

More News last news
Loading...