एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

पार्टीका बैठक र भेटघाटका कारण धपेडीले उनी अस्वस्थ भएको बुझिएको छ। हिजोदेखि नै ओली घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।

Advertisement

हिजो तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरिेको पिपिएलएको भेलामा समेत उनी उपस्थित् भएका थिएनन्।

पछिल्लो समय अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा सभागी हुँदै आएका थिए। उनले दैनिक तीन–चार वटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिईरहेका थिए ।

प्रायः सबै कार्यक्रममा उनले लामो सम्बोधन गर्ने गरेका थिए । स्वास्थ्यमा ठूलो समस्या नभएपनि उनी आराम गरिरहेका छन्।

More News last news
Loading...