नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा रोकियो

काठमाडौँ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो। खेलमा नेपालले पहिले अग्रता लिएर पनि जोगाउन सकेन।

नेपालले खेलको ३६ मिनेटमा अग्रता लियो। नेपालका लागि अञ्जन विष्टले गोल गरे। भारतका चिङ्गलेसना सिंहले दिएको ब्याक पास भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले भेट्टाउन सकेनन्। त्यही अवसरमा अञ्जन विष्टले बललाई गोल पोस्टको दिशा दिए।

Advertisement

खेलको ६० मिनेटमा भारतले बराबरी गोल फर्कायो। भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गर्न सफल भए। भारतीय कप्तान सुनील क्षेत्रीले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गरका थिए। जुन प्रहारलाई नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बूले राम्रोसँग नियन्त्रणमा लिन सकेनन्।

त्यसपछि गोललाइनमा झरेको बललाई थापाले जालीमा चुमाए। थापा दोस्रो हाफमा मैदान छिरेका थिए। खेल सकिन १० मिनेट बाँकी छँदा नेपालले अग्रता लिने राम्रो अवसर खेर फाल्यो। मनिष डाँगीको क्रसमा विशाल राईले डिबक्सभित्रबाट फितलो प्रहार गरेका थिए।

दुवै खेलाडी दोस्रो हाफमा मैदान छिरेका थिए। ८३ मिनेटमा भारतले पनि अग्रता लिने मौका गुमायो। भारतका लागि मनविर सिंहले डिबक्स बल पाए पनि राम्रो पास दिन सकेनन्। दोस्रो हाफको इन्जुरी टाइममा सब्सिच्युट खेलाडी कमल थापाले सिक्स यार्डबाट हेड गरे पनि गोलपोस्ट दिशा लिन सकेन।

More News last news
Loading...